पार्टीले पाएको ऐतिहासिक अवसर गुम्दैछ : घनश्याम भुसाल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

शनिबार भरतपुरमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै कृषि मन्त्रीसमेत रहेका भुसालले सो कुरा बताएका हुन् ।

दुई पार्टी एकीकरण भएर देशकै ठूलो पार्टी बन्दा पनि जनअपेक्षा अनुसारको काम हुन नसकेको भन्दै पार्टीले पाएको ऐतिहासिक अवसर गुम्ने खतरा रहेको उनले बताए ।

‘हामीले आज प्राप्त गरेको हैसियत सधैं पाइँदैन । पाएको ऐतिहासिक अवसर गुम्दैछ । हिजोका सरकारको तुलनामा धेरै काम भए पनि हुनुपर्ने जति काम भएन,’ उनले भने–‘पार्टी एकजुट भएर अघि बढ्यो भने अझै पनि धेरै सम्भावना छ । आगामी दुई वर्षको बजेटले देशमा ठूलो परिवर्तन गर्न सकिन्छ ।’

उनले पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढेको टिप्पणी समेत गरेका छन् । पार्टीको भाविष्यमा भन्दा आफ्ने साथीहरुको खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको उनले भनाइ छ ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्