विप्लवका उपत्यका इन्चार्जमाथि आर्थिक र सांस्कृतिक विचलनको आरोप, कठघरामा उभिन तयार हुन चुनौती



काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका इन्चार्ज चिरन पुन ‘मिलन’ माथि आफ्नै नेताले गम्भीर आर्थिक र सांस्कृतिक विचलनको आरोप लगाएका छन् । पार्टीका युवा नेता केदार खतिवडाले मिलनले आफ्ना कमजोरी लुकाउन आफूमाथि नभएका गम्भीर आरोप लगाएको बताएका छन् ।

नेता खतिवडाले आफ्नो राजनीतिक चरित्रहत्या हुने गरी मिलनले कपोलकल्पित र झुटो आरोप लगाएर विज्ञप्ति जारी गरेको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले मिलनले पूर्वाग्रह राखि विज्ञप्ति जारी गरि लगाइएका आरोपको खण्डन गरेका छन् ।

दुई पेज लामो खण्डनमा खतिवडाले मिलनले आफ्नो शरीरको भैसी नेदेख्ने र अरुको शरीरको जुम्रा देख्ने गरेको बताएका छन् । उनले नेकपा निर्माणमा आफुभन्दा मिलनपछि जोडिएकोले आफ्नाबारे धेरै कुरा जानकारी नभएको समेत बताएका छन् ।

“मेरो राजतीनिक चरित्र हत्या गर्ने उद्देश्य पाइएकोले त्यस्तो भ्रमपूर्ण वक्तव्यलाई यस वक्तव्यमार्फत खण्डन गर्न चाहान्छु । म कम्युनिष्ट पार्टीको सिपाही हुँ र मलाई चिन्ने जान्नेले मेरो बारेमा दिनको घाम भइ छर्लङ् हनेगरि थाहा पाएकै छन् । त्यो मैले भनिरहनुपर्ने कुरा होइन । तसर्थ मनिसले लगाउने आरोपसँगै उसको चेतनाको स्तर उजागर हन्छ । नयाँ जोगीले धेरै खरानी घस्छ भनेझैं कनिकुथी तीन आरोप विज्ञप्तिमार्फत लगाउनुभएको देखिन्छ” खतिवडाले भनेका छन् ।

खतिवडाले पार्टी बनाउन आफूले गरेको मेहनत, दुःख कष्ट र संघर्षको मर्म, देश, जनता, कान्ति, त्याग, समर्पण, वीरता वर्गशत्रु, वर्गमित्र, नैतिकता भन्ने कुरा मिलनलाई थाहा नभएकोले उनले षड्यन्त्र जालझेल, तिकडम, गुटबन्दी, अराजकता मात्रै देखेको बताएका छन् ।

तत्कालिन मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीका कार्यालय सचिव समेत रहेका खतिवडाले आफू हाल पार्टीको कुनै पनि जिम्मेवारीमा नभएकोले र आफू घरपरिवारसँगै रहेर जीवनयापन गरिरहेको बताउँदै इन्चार्ज मिलनले लगाएका आरोपमा कुनै पनि सत्यता नभएको समेत दाबी गरेका छन् । उनले आफूमाथि लगाएका आरोपको जवाफ दिन कठघराम उभिन तयार रहेको बताउँदै इन्चार्ज मिलनलाई पनि तयार हुन भनेका छन् ।

नेता खतिवडाले आफ्ना अराजनैतिक कर्तुतलाई लुकाउन अरुको चरित्रहत्या नगर्न समेत मिलनलाई आग्रह गरेका छन् । उनले इन्चार्ज मिलनको आर्थिक र साँस्कृतिक विचलनबारे कुरा उठाइरहेको भन्दै उचित समयमा जनताले हिसाब किताब गर्ने चेतावनी समेत दिएका छन् ।

इन्चार्ज मिलन आफ्नै पार्टीका महिला नेतृसँग अनैतिक सम्बन्धमा रहेको पार्टीमा पटक–पटक कुरा उठ्दै आएपनि प्रवक्ता प्रकाण्डले च्यापेका कारण कारवाही हुन सकेको छैन । हेटौडाका एक नेताकी श्रीमतिसँग पनि मिलनले अनैतिक सम्बन्ध राख्ने गरेकै कारण उनले पार्टी छोडेर सत्तारुढ (नेकपा)मा प्रवेश गरेका थिए ।

तत्कालिन मसालबाट राजनीतिक सुरु गरेका मिलन जनयुद्धमा माओवादी प्रतिकार समितिका कमाण्डर समेत थिए । वैद्य र विप्लवबीच भएको विभाजनापछि पार्टीमा जोडिएका मिलनलाई केन्द्रीय समिति सदस्य बनाइएको थियो । मसालमा हुँदा रक्तिम परिवारमा कार्यरत एक महिला कलाकारसँगको अनैतिक सम्बन्ध अहिले पनि जारी रहेको पार्टीका एक नेताले बताए । विवाहित पुनले ती महिला कलाकारलाई लिभिङ टुगेदरको रुपमा काठमाडौँको मैतीदेवि आसपासमा कोठाको व्यवस्था गरि राखेको ती नेताले बताए ।

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्