ओलीले भने-प्रचण्डले पेश गरेको प्रस्ताव कुण्ठा र कृत्रिम (पूर्णपाठसहित)



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेश गरेका छन् ।

प्रधानमन्त्रीको सरारी निवासमा शनिबार बसेको बैठकमा नेकपा अध्यक्ष ओलीले लिखित प्रस्ताव पेश गर्दै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिएका छन् ।

ओलीले पेश गरेको लिखित जवाफमा प्रचण्डले वितरण गरेको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ ।

‘त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले । खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका संघीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु,’ ओलीको जवाफमा भनिएको छ ।

हेर्नुस् प्रस्तावको पूर्णपाठ :

प्रकाशित : मंसिर १३, २०७७

प्रतिक्रिया दिनुहोस्