ब्याडमिन्टनको महिला एकलमा रशिलालाई कीर्तिमानी स्वर्ण



दाङ : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको महिला एकलमा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले स्वर्ण पदक जितेकी छिन्।

घोराहीस्थित कभर्डहलमा शनिबार रशिलाले आफ्नै क्लबका नङसल देवी तामाङलाई १९–२१, २१–१४ र  २४–२२ ले पराजित गर्दै स्वर्ण जित्न सफल भइन्।

आठौंमा स्वर्ण जित्दै च्याम्पियन बनेसँगै रशिला नेपाली ब्याडमिन्टनको इतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्।

१४ बर्षकी रशिलाले हालै कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिइन्। रशिला कक्षा ९ मा अध्ययनरत रहेकी छिन्। 

प्रतिक्रिया दिनुहोस्