उपत्यकाका हटस्पटमा कोरोनाको मास परीक्षण भोलिबाट शुरु



काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका हटस्पटहरुमा कोरोनाको मास परीक्षण शुरु गर्ने भएको छ ।

उपत्यकाका हटस्पटहरुलाई लक्षित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट मास परीक्षण शुरु हुने भएको हो ।

काठमाडौँका मुख्य हटस्पट मानिएका कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका क्षेत्रमा परीक्षण गरिनेछ ।

पछिल्लो समय संक्रमितहरु सरकारको सम्पर्कमा कम आउन थालेपछि यो टेस्टलाई प्राथमिकता दिइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेले बताए ।

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्