नेकपा फुटे संघियता समाप्त हुने : नेता सुमन



जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सचिव सुमनराज प्याकुरेलले नेकपा फुटे संघियता नै धरापमा पर्ने बताएका छन् ।

जनकपुरधाममा आज ९सोमबार० सञ्चारकमीस्हरुसंग कुराकानी गर्दै नेकपाका प्रदेश सचिव प्याकुरेलले पार्टी भित्र जुन रुपमा द्वन्द्व बढेको हो त्यो चिन्ताको विषय रहेको भन्दै पार्टी फुट्नु देशकै लागि अनिष्ट हुने बताए । ‘कयौ आन्दोलन तथा बलिदानीबाट ल्याइएको व्यवस्था पार्टी भित्रको विवाद र पार्टी फूटको संघारमा पुग्दा व्यवस्था नै फेरिने खतरा रहेको तर्फ इंगित गरे । प्याकुरेलले भने,‘सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा भित्रको द्वन्द्वका कारण विभिन्न शक्तिहरु चलखेल गर्ने मौका पाईरहेका छन् ।’

उनले पार्टी भित्रको द्वन्द्व समाप्त भएसंगै देशमा उब्जिरहेको समस्या आफै समाप्त भएर जाने दावी गरे । दुई अध्यक्ष विचको वैचारिक द्वन्द्वलाई विवादको संज्ञा नदिन उनले आग्रह समेत गरे ।

यसअघि प्याकुरेलेको उपस्थितिमै सोमबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा २ सयभन्दा बढी युवाहरु प्रवेश गरेका थिए । जनकपुर युवा विकास समितीका संयोजक रोशन मण्डलको नेतृत्वमा सयौं युवाहरु पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य संजिव झा सुरज, बाल संगठनका उपाध्यक्ष आनन्द झा, अनेरास्ववियूका जिल्ला अध्यक्ष आरपी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्