दक्षिण एसियामा कोरोना : भारतमा सबैभन्दा बढी, भुटानमा कम



काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित भएको मुलुक भारत हो ।

सबैभन्दा कम कोरोना संक्रमित भएको मुलुक भुटान हो । कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण दक्षिण एसिया पनि नराम्ररी प्रभावित बनेको छ ।

सार्क मुलुकमध्ये भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला रहेका छन् । भारतमा अहिलेसम्म ९४ लाख ३१ हजार ६९२ संक्रमित फेला परेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा बढी एक लाख ३७ हजार १३९ पुगेको छ ।

यद्यपि कोरोना संक्रमणबाट मृत्यु हुनेको दर भने अफगानिस्तानमा सबैभन्दा बढी छ । अफगानिस्तानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ३.८३ प्रतिशत छ । अहिलेसम्म भुटानमा सबैभन्दा कम ३९६ संक्रमित फेला परेका छन् ।

संक्रमित संख्याको आधारमा सार्कमा बंगलादेश दोस्रो स्थानमा छ । बंगलादेशमा ४ लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ६ हजार ६०९ जनाको संक्रमणबाट मृत्यु भएको छ । पाकिस्तानमा तीन लाख ९८ हजार २४ संक्रमित फेला पर्दा ८ हजार २५ जनाको मृत्यु भएको छ ।

सार्क मुलुकमा नेपाल संक्रमित संख्या र संक्रमितको मृत्युदरको आधारमा चौथो स्थानमा छ भने मृतक संख्याको आधारमा पाँचौं स्थानमा छ । नेपालमा सरकारी आँकडाअनुसार संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ रहेको छ । मृतकको संख्या भने १५ हजार ८ पुगेको छ ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्