माल्दिभ्समा एनिभर्सरी मनाउँदै ऐश–अभिषेक, बाआमाको तस्बिर खिच्दै आराध्या



मुम्बई : पूर्व विश्वसुन्दरी ऐश्वर्या राय पति अभिषेक बच्चनसँग यतिबेला माल्दिभ्समा निकै रमाइलो गरिरहेका छन्।

उनीहरू त्यहाँ आफ्नो बिहेको १२ एनिभर्सरी मनाइरहेका छन्। उनीहरूले एनिभर्सरी मनाइरहेका तस्बिर ऐशले सामाजिक सञ्जालमा अपलोड गरेकी छन्, जहाँ उनीहरूको धड्कन छोरी आराध्या भने देखिन्नन्। खासमा यसको कारण रहेछ, आराध्याले नै ऐश–अभिषेकको तस्बिर खिचेकी रहिछन्। इन्स्टाग्राममा ऐशले तस्बिरको क्याप्सनमा लेखेकि छन्, ‘हाम्रो साथलाई हाम्रो जीवनको उज्यालो किरणले यो तस्बिर लिइन्, लव यू आराध्या।’

अभिषेकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको अर्को तस्बिर छ। चाँदनी रातमा ऐश चन्द्रमाजस्तै उज्याली देखिएको तस्बिरमा अभिषेकले क्याप्सन लेखेका छन्, ‘हनी एन्ड द मुन।’ तस्बिरमा ऐशको पछिल्तिर चन्द्रमा पनि चम्किरहेको छ। केही समयअघि भने दुवै जनालाई गोवामा छुट्टी मनाइरहेको देखिएको थियो। त्यहीं हुँदा नै ऐशको एउटा तस्बिर भाइरल भएको थियो। उक्त तस्बिरका आधारमा नै धेरैले उनी फेरि गर्भवती भएको अफवाह फैलिएको थियो। 

प्रतिक्रिया दिनुहोस्