प्रधानमन्त्री कप क्रिकेट पुस ११ बाट सुरु हुने



काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (संघ) ले पुस ११ बाट काठमाडौंमा प्रतियोगिता सुरु गर्ने जनाएको छ।

क्यानले जिल्ला छनोट मंसिर २१ गते भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन निर्देशन दिएको छ ।

जिल्ला टिम तयारीका लागि संघबाट २० हजार र एक दर्जन वल उपलब्ध गराउने बताएको छ । छनोट प्रतियोगिता सञ्चालन गर्दा जिल्ला प्रशासन तथा स्थानीय तहबाट स्विकृती लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्