नेपाली क्लबले एएफसीका कुनै पनि प्रतियोगिता खेल्न नपाउने



काठमाडौं : नेपालका फुटबल क्लबहरुले सन् २०२१ मा हुने एशियन फुटबल महासंघ (एएफसी) को कुनै पनि खेल खेल्न नपाउने भएका छन्। शीर्ष डिभिजन लिगका १३ क्लबले गरेको ए लाईसेन्स प्रक्रिया आवेदनमा एएफसीले अस्विकार गरेको हो।

एएफसीले मापदण्ड नपुगेको भन्दै लाईसेन्स आवेदन रद्ध भएसँगै नेपाली क्लबले २०२१ मा कुनै पनि एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका हुन्।

नेपालबाट १३ वटा एक डिभिजन क्लवले एएफसी लाइसेन्सका लागि आवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्