किन बिहे गर्दैनन् ‘दबंग’ सलमान, यस्तो छ रहस्य



मुम्बई : बलिउडका ‘ब्याड ब्वाई’ सलमान खानको उमेरले ५० वर्षको नेटो काटिसके पनि उनी अझै सिंगल नै छन्। ‘दबंग’ सल्लु मियाँ कहिले गृहस्थी जीवनमा प्रवेश गर्ने हुन् उनका परिवार मात्र नभएर उनका प्रशंसक र बलिउडका अभिनेत्रीको समेत थाहा पाउन उत्सुक छन्। उनी अहिलेसम्म किन अविवाहित नै छन् त? उनले लगनगाँठो कस्न चासो नदेखाउनुको पछाडिको रहस्य खुलासा भएको छ।

बलिउडका ‘सुल्तान’, ‘बजरंगी भाईजान’ सल्लु मियाँनिकट मित्रहरूले बताएअनुसार उनी आफ्नो परिवारसँग अत्यन्त नजिक छन् र फूर्सदको अधिकांश समय परिवारकै साथमा धेरै समय बिताउने गर्छन्।

उनी निकैपल्ट बिहेको चक्करमा लागे पनि परिवारभन्दा धेरै महत्व बिहेलाई दिन सकेनन्। अर्थात् उनले पत्नी वा भविष्यकी जीवनसाथीलाई साथ र समय दिन नसक्नु अनुचित हो भन्ने लागेर उनले बिहेको कुरा गर्नै छाडेको बताइन्छ।

यसबीच अब्बास जफर निर्देशित ‘बडीगार्ड’ सल्लु भाइको आगामी फिल्म ‘भारत’ जुन ५ मा रिलिजको तयारीमा छ। फिल्ममा क्याट्रिना कैफ, दिशा पटानी, जैकी श्राफ, सुनिल ग्रोबरहरूको अभिनय छ। अहिले भने उनी होम प्रोडक्सन ‘दबंग ३’ को सुटिङमा व्यस्त छन्।

उनका प्रशंसकका लागि खुसीको खबर ‘दबंग ३’ पछि उनी सञ्जय लिला भन्सालीले निर्देशन गर्ने प्रेमकथामा आधारित फिल्म ‘इंशाअल्लाह’ मा आलिया भट्टको अपोजिट देखिने छन्।

प्रतिक्रिया दिनुहोस्