ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु



बुटवल : बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बुटवलको चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेट अगाडि नै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले स्कुटर, ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित :१७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्