महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते



महोत्तरी : महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार राति जिल्लाको माइस्थान–गौशाला–सम्सी सडकअन्तर्गतको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गौशलाका अनुसार दुर्घटनामा परी गौशला–८ का १९ वर्षीय अमर पाचेमगरको मृत्यु भएको हो ।

राति करिब १० बजे तीव्र गतिमा आइरहेको मोटरसाइकल पार्कमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

त्यस्तै दुर्छटनामा परि अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा गौशाला–८ कै १७ वर्षीय युवराज बलम्पाकी रहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्