पछिल्लो २४ घण्टामा १३४३ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको (कोभिड-१९) राष्ट्रिय अद्यावधिक विवरणअनुसार ९ हजार २ सय ८९ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

हालसम्म १७ लाख ६३ हजार ९ सय १९ जनामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ भने कोरोना भाइरससँग सम्बन्धित कारणले १ हजार ५ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा थप ५ सय ६१ जना कोरोना संक्रमित थएिका छन् । आज ३ सय ११ जना पुरुष र २ सय ५० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै ६ हजार ३ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित छन् । अहिलेसम्म ८९ हजार २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये ३ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भक्तपुरमा अहिलेसम्म कोरोनाका कारण ९४ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा १ सय १७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित :१८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्