कोरोनाविरुद्धको खोप लगाउन नागरिकलाई दवाव नदिइने : जो बाइडन



काठमाडौं : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउन नागरिकहरुलाई दवाव नदिइने बताएका छन् ।

अमेरिकास्थित रोग नियन्त्रण केन्द्रले पहिलोपटक सर्वसाधारणलाई घरबाट बाहिर निस्कँदा र अन्य व्यक्तिको घरमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरे लगत्तै बाइडनको उक्त भनाई बाहिर आएको हो ।

उनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि सबैलाई नागरिकको इच्छाका आधारमा खोप लगाउने सम्बन्धमा निर्णय गर्ने अधिकार हुने उनले बताए ।

अहिलेसम्म अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ४३ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म दुई लाख ७८ हजार ६ सय अमेरिकीको ज्यान गएको छ ।

रोग नियन्त्रण केन्द्रले पछिल्लो समय अमेरिकामा उच्च तहको संक्रमण भएको जनाएको छ । शुक्रबार मात्रै कोरोना संक्रमणका कारण २ हजार ८ सय जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ४० लाख नाघेको छ ।

यसैगरी हालसम्म अमेरिकामा २ लाख ७५ हजारभन्दा बढीले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । कोरोनाविरुद्ध खोप निर्माण गरेका फाइजर र मोर्डना नामक दुई कम्पनीले अमेरिकाको खाद्य तथा औषधि व्यवस्थामा विभागमा खोप वितरणका लागि आवेदन दिएका छन् ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्