हिमपातसँगै वर्षाको सम्भावना



काठमाडौं : आज देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आइतबार दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भूभागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागको १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

साथै,  प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहने महाशाखाले जनाएकोछ ।  

प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

यसैगरी सोमबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका १–२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : मंसिर २१, २०७७

प्रतिक्रिया दिनुहोस्