कस्तो होला आगामी तीन दिनको मौसम ?



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली बनेको छ र त्यसको प्रभाव नेपालीमा पनि आंशिक रुपमा परेको छ ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ ।

अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरी मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै राति प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : मंसिर २२, २०७७

प्रतिक्रिया दिनुहोस्