कस्तो रहला आगामी तीन दिनको मौसम



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि केही स्थानमा मौसम सामान्यतया सफा रहेन जनाएको छ ।

भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपाल पनि परेको महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अरु स्थानमा मौसम सामान्यतय सफा छ ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली हुनेछ ।

अरु स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा हुनेछ ।

यसैगरी बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै राति प्रदेश नं १ का पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश नं १ का पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै प्रदेश नं १ का पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्