संकटोन्मुख र लोपोन्मुख भाषा जोगाउन भाषा संग्रहालय बन्दै



काठमाडाैं : नेपाल भाषामा धनी देश । यहाँ एक सय २३ भाषा बोलिन्छन् । त्यसमध्ये १९ भाषा मात्रै भाषा विज्ञानका हिसाबले सुरक्षित छन् ।

 

एक सय चार भाषा संकटमा छन्, २९ भाषा लोप हुँदै भाषा आयोगले तिनै संकटोन्मुख र लोपोन्मुख भाषा जोगाउन भाषा संग्रहालय स्थापना गर्ने भएको छ ।

 

आयोग अध्यक्ष डा. लवदेव अवस्थीका अनुसार तथ्यांक विभागको सहयोगमा आयोगले २९ लोपोन्मुख भाषामध्ये २१ वटाको वर्ण निर्धारण तथा शब्द संकलन, शब्दकोश निर्माण तथा इतिहास लेखन गरिसकेको छ ।

 

मेचे, राउटे, लाप्चा, हायु, सुरेल, किसान, दुरा, बोटे, ल्होमी, उराव, तिलुङ, कुमा, दराई, स्युवा, भोजपुरी, साम्पाङ, जेरुङ, जुम्ली, खस, बेलहारे र राजवशी भाषाको यस्तो अभिलेखीकरण भइसकेको हो । ती भाषाका व्याकरण पनि तयार गरिसकेकको आयोगले जनाएको छ । 

अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्