सिउँदोमा सिन्दुर भरेकी श्वेताको के छ आगामी सोच ?



काठमडौं– सोमवार धनगडीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी अभिनेत्री श्वेता खड्काले नेपाली सिने जगतलाई उच्च स्थानमा पु¥याउने बताएकी छन् ।

सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्विरहरु पोष्ट गर्दै उनले नेपाली सिने जगतलाई शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पु¥याउने बताएकी हुन् ।

साथै उनले एकल महिलाको सशक्तिकरणमा काम गर्ने सोच रहेको बताएकी छन् । यसका लागि आफू प्रयासरत रहेको पनि उनको भनाई छ ।

आफू विवाह बन्धनमा बाँधिएको जानकारी दिँदै उनले लेखेकी छन्, ‘मैले सिउँदोमा सिन्दुर भरेँ, हातमा सप्तरङ्गी चुरा लगाएँ अनि रङ्गिन पहिरनभित्र आफूलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।’

‘निर्माणाधिन माझिटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ,’ श्वेता खड्काले अगाडि लेखेकी छन्, ‘आगामी दिनमा एकल महिलाको सशक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनको लागि म प्रयासरत रहनेछु ।’
सोमवार गोकर्ण फरेस्ट रिसोर्टमा विजयन्द्रसँग लगनगाँठो कसेकी श्वेताको यो दोस्रो विवाह हो । २०७१ साल असार २३ गते स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग उनको विवाह भएको थियो । तर, बैबाहिक जीवनमा बाँधिएको १ महिनामा श्रीकृष्णको उपचारको क्रममा २०७१ साल साउन २५ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्