‘सम्सानघाटलाई स्वर्गझैं बनाउँछाैं’



जनकपुरधाम : जनकपुरधामको गंगासागर सरसफाइ अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका युवा अभियन्ता तथा सञ्चारकर्मी ध्रुव झा अहिले महोत्तरी सदरमुकाम जलेश्वरस्थित आर्यघाट बनाउन लागिपरेका छन् ।

 

उनी महिनाको प्रत्येक शनिवार केही स्थानीय युवालाई साथै लिएर घाटतिर जान्छन् र बिहानैदेखि सरसफाइमा जुट्ने गर्छन् । 

 

यस सम्सान घाटलाई जनकपुरककै स्वर्गद्वारी बनाउनले उनले प्रण गरेका छन् । महोत्तरी बथनाहानिवासी उनी जनकपुर बस्दै आएका छन् । करिब चार वर्षअघि सुरु गरिएको गंगासागर सफाइ अभियानमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउँछन् सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष तथा प्रदेशसभा सदश्य रामअशीष यादव । यादवका अनुसार ध्रुव मेहनती र लगनशील व्यक्ति हुन् । 

झन्डै १३ साताअघिदेखि सुरु जलेश्वर सम्सान घाटको सरसफाइले यसको स्वरूप नै परिवर्तन भएको महोत्तरी बथनाहा स्थानीय प्रकाश राय बताउँछन् । 

उनले ध्रवलाई मित्र भन्दै भने, ‘उनले गरेको कार्यमा समाजको जति भूमिका हुनुपर्ने हो त्यति देखिएको भने छैन ।’

 

तर, सहयोगी हातहरु बढ्दै जानेमा राय विश्वास व्यक्त गर्छन् । भन्छन्, ‘यस कार्यमा हामीले अझै धेरै सहयोगको अपेक्षा गरेका छौं, बुझ्दै गएपछि सबैले सहयोग गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्