कुनै भ्रम र अन्योलता बाँकी रहेन- मन्त्री ज्ञवाली



काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावालीले सगरमाथाको नयाँ उचाई घोषणासँगै नेपालको प्रविधिक क्षमताको नयाँ उचाई घोषणा भएको बताएका छन् ।

सगरमाथाको उचाई घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री ज्ञवालीले प्रविधिमा नेपालले फड्को मारेको बताएका हुन् ।

आज घोेषणाा भएको सगरमाथाको नयाँ उचाई (८८४८.८६ मिटर) आधिकारिक र वैज्ञानिक हिसाबले आम जनमानसको सहमति रहेको पनि उनले उल्लेख गरे । उनले भने –‘अब कुनै पनि भ्रम र अन्योलता बाँकी रहेन ।’

साथै उनले सगरमाथाको उचाई घोषणा गौरव र सम्झना गर्न लायकको दिन भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्