सगरमाथाको नयाँ उचाईदेखि मेस्सी र रोनाल्डोको भिडन्तसम्म (भिडियोसहित)



काठमाडौं– द नेपालटप डटकमले हरेक दिन दिनभरका मुख्य २० समाचारहरू प्रस्तुत गर्ने गरेका छौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक, सगरमाथाको उचाई छयासी सेन्टिमिटर बढेर ८ हजार ८ सय अठचालीस दशमलव छयासी मिटर ।

मंगलबार बिहान नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पाँच जनाले घरबाटै अपहरण गरी लगेका मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका चौउन्न वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटिएको अवस्थामा फेला ।

अख्तियार कर्णालीमा भ्रष्टाचारका १ सय ९० उजुरी, धेरैजसोमा मन्त्री र सांसद जोडिए ।

रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कारबाही गर्न विश्व हिन्दू परिषद् नेपालको माग । बाँकी भिडियोमा ।

भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोलाः–

प्रतिक्रिया दिनुहोस्