सरकारको गलत कार्यशैलीकै कारण सडकमा असन्तुष्टिः देउवा



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र र हिन्दू राष्ट्रको माग गरेर सडकमा देखिएको प्रदर्शन सरकारको गलत कार्यशैलीका कारण भएको बताएका छन् । उनले सडकमा देखिएको असन्तुष्टि व्यवस्थाविरुद्ध नभएर सरकारविरुद्धको भएको टिप्पणी गरे ।


प्रधानमन्त्री केपी ओलीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै सभापति देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । ‘सरकारको काम गर्ने गलत शैलीका कारण सडकमा असन्तुष्टि देखिएको छ’, देउवाले भने, ‘सरकारको गलत कार्यशैलीकै कारण व्यवस्थामा नै प्रश्न उठेको छ । लोकतान्त्रिक व्यवस्थापको विकल्प छैन तर सरकारले गरेका गलत काम सच्याउनुपर्छ ।’
देउवाले सरकारले कार्यशैली सच्याएमा सडकमा अहिले भइरहेका प्रदर्शन आफैँ रोकिने पनि बताए । उनले व्यवस्था भन्दा पनि सरकारको कामप्रति नागरिक असन्तुष्ट भएको उल्लेख गरे । त्यसैगरी देउवाले संसद अधिवेशन तत्काल आह्वान गर्नसमेत सरकारसँग माग गरे ।

बैठकमा कांग्रेस सभापति देउवासँगै उपसभापति विमलेन्द्र निधी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्