हिमाली क्षेत्रमा हिमपातको सम्भावना : महाशाखा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसमविदले बताएका छन् ।

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागहरु र प्रदेश२ मा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा मौसम सामान्यतय सफा रहेको छ ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली हुनेछ । अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी बिहीबार प्रदेश नं १ का पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली र प्रदेश न २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै प्रदेश नं १ का पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्कारफाटफुट वर्षाको सम्भावना समेत रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्