विप्लवद्वारा हत्या गरिएको शिक्षक श्रेष्ठको शव वीपी प्रतिष्ठानमा



काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले मंगलबार हत्या गरेका शिक्षकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै घरबाट अपहरण गरेर घाँटी रेटी हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनका अनुसार शुरुमा गोली हानिएको खबर आए पनि प्रहरी अपराधस्थलमा पुगेपछि घाँटी रेटिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो । यद्यपि, घटनामा प्रयोग भएको हतियार भेटिएको छैन ।

मंगलबार साँझ नै समूहको मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाबारे जिम्मेवारी लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाउँदै सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको उसको दाबी छ ।

प्रकाशित : मंसिर २४, २०७७

प्रतिक्रिया दिनुहोस्