प्राज्ञिक विद्यार्थी परिषद्को बैठक चितवनमा



काठमाडौं : प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यसमितिको बैठक यहि मंसिर २६ र २७ गते हुने भएको छ ।

बैठक चितवनमा हुनेछ । स्वतन्त्र विद्यार्थी संगठनले २५ वर्षदेखि निरन्तर शैक्षिक सुधारका काम गर्दै आएको छ । देशको युवा शक्ति र विद्यार्थीहरूलाई असल, नैतिकवान, क्षमतावान सिपयुक्त र देशको धर्म संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिंदै आएको परिषद् दलगत राजनीति भन्दामाथि रहेर काम गर्दै आएको महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

७७ वटै जिल्लामा परिषद्को कार्य विस्तार भएको र देशको ६ सय भन्दा बढि कलेजमा पढ्ने विद्यार्थीहरूलाई विभिन्न किसिमका व्यक्तित्व विकास, नेतृत्व विकास र सिप विकास तालिमको माध्यमबाट युवा विद्यार्थीलाई सक्षम बनाउने कार्य गरिरहेको उनले बताए ।

साथै परिषद्ले यस बैठकबाट महामारीको कारणले शिक्षा क्षेत्रमा पारेको प्रभाव, आगामी शैक्षिक गतिविधि, शैक्षिक सुधार र देशको समसामयिक अवस्थाकोबारेमा दुई विशेष प्रस्तावहरू पारित गरी सरकार समक्ष पेश गरी कार्यान्वयनका निम्ति दवाव सिर्जना गर्ने छ ।

प्रकाशित :२४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्