राजधानी थाहा, नाम गाेसाइँकुण्ड प्रस्ताव



हेटाैंडा : प्रदेश ३ को राजधानी र नामकरण पेचिलो बन्दै गएको अवस्थामा नयाँ स्थान र नाम चर्चामा आउन थालेको छ ।

 

प्रदेश स्थायी राजधानीको विषयले प्रदेशसभा बैठकमा प्रवेश पाएसंगै प्रदेशसभा सदस्यहरुदेखि जनस्तरसम्म चर्चा सुरु भएको छ । स्थायी राजधानी तोक्नेबारे विवाद उठ्दै गर्दा मकवानपुरको थाहा नगरपालिकालाई विकल्पका रुपमा अगाडि सारिएको हो ।

 

महाभारत पर्वतको काखमा रहेको भित्री भूभाग पूर्वमा चित्लाङदेखि पश्चिममा आग्रा डाँडाखर्कसम्मको भाग प्रदेश राजधानीका लागि उपयुक्त हुने समाजशास्त्री उत्तम प्रसाद उपाध्यायको दाबी छ । उनका अनुसार नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ (बाइरोडको बाटो)ले हेटाैंडा र सङ्घीय राजधानी काठमाडौँलाई जोडेको, उपयुक्त तापक्रम, स्वच्छ र रमणीय वातावरण, सरकारी भवन र जग्गाहरु प्रयोगमा ल्याउन सकिने भएकाले संरचना निर्माण लागत सस्तो पर्छ ।

 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजधानीका लागि करोडौँ खर्च भएको अहिलेका अस्थायी मुकामलाई स्थायी गर्नुपर्ने बताउदै विकल्प खोज्ने भएमा थाहा नगर उचित हुने बताए । अाजकाे गाेरखापत्रमा खबर छ । 

 

प्रतिक्रिया दिनुहोस्