जीप दुर्घटनाः महिला खेलाडी सहित ९ जना घाइते



पाँचथर – पाँचथरको थर्पु बजारमा जीप दुर्घटना हुँदा ९ जना खेलाडी घाइते भएका छन् । निशान मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिता सकेर  खेलाडीहरु फर्कदै गर्दा खेलाडी बोकेको जिप गए राती  साढे नौ बजेतिर दुर्घटना हुदाँ महिला खेलाडीहरु सहित ९ जना घाइते भएका छन् । 

 

निशान मेलाबाट आउँदै गरेको मे १ ज १९३५ नम्बरको सो जीप थर्पु बजारबाट गणेशचोकतर्फ जादै गर्दा थपु नजिक  सडकबाट पल्टिएर दुर्घटना हुदाँ खेलाडी पबित्रा लिम्बु सहित घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेहरुको फिदिमस्थित जिल्ला अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्