कांग्रेसको प्रदर्शन सुरू, काठमाडौंमा पाँच ठाउँबाट निस्केका जुलुस रत्नपार्कमा भेला हुँदै



काठमाडौं: काठमाडौंमा नेपाली कांग्रेसको प्रदर्शन सुरू भएको छ ।

नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण (सबुज) बानियाँले बिरोध प्रदर्शनको लागि पाँच स्थानबाट प्रदर्शन सुरु भई रत्नपार्कमा भेला हुन थालेको जानकारी दिए ।

बानियाँकानुसार निर्वाचन क्षेत्र नं.१ को जुलुश भृकुटीमण्डप, क्षेत्र नं.२, ३ र ४ को जुलुश पुतलीसडक चोकमा, क्षेत्र नं. ५, ६ र ७ को जुलुश लैनचौर, क्षेत्र नं. ८ को वसन्तपुर र क्षेत्र नं. ९ र १० को जुलुश शहीदगेटबाट रत्नपार्कको शान्ति बाटिकामा पुग्ने छन् । सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रदर्शनमा नेतारकार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको छ ।

कांग्रेसले आज देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । सबैजसो जिल्लामा प्रदर्शन सुरु भइसकेको नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्