संघीय लोकतान्त्रिक गणतन्त्र कसैले समाप्त पार्न सक्दैन : हृदयेश त्रिपाठी



काठमाडौं : संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले सो कुरा बताएका हुन् ।

उनले स्थानीय तहको काम कारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहिन बनाउने भन्ने निर्भर रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुस्कारमा प्राप्त नभएकाले कसैले पनि समाप्त पार्न नसक्ने दाबी समेत उनको छ । कोभिडको समयमा स्थानीय तहले गरेको काम कारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताए ।

प्रकाशित : मंसिर २९, २०७७

प्रतिक्रिया दिनुहोस्