गणतन्त्रको विपक्षमा नारा लाग्नुमा सरकार नै जिम्मेवार : काँग्रेस नेता पौडेल



काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा गणतन्त्र विरुद्धको नारा लाग्नुमा केपी ओली नेतृत्वको सरकार जिम्मेवार रहेको दाबी गरेका छन् । पौडेलले सडकमा ‘राजा आऊ देश बचाऊ’ को पक्षमा आवाज उठ्नुमा कम्युनिस्ट सरकार जिम्मेवार भएको आरोप लगाए । उनले सरकारका कारण जनतामा यस्तो प्रतिगामी सोच कसरी जन्मेको र कम्युनिस्ट सरकार नै जिम्मेवार हुनुपर्ने दाबी गरे ।

सरकारविरुद्ध काँग्रेसले गरेको प्रदर्शन सभामा काठमाडौंमा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध नारा लागेको बताए । उनले राजा फालेर ल्याएको गणतन्त्र मासेर फेरि कस्तो खालको राजा ल्याउन खोजेको हो भनेर पनि प्रश्न गरे । पौडेलले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थामाथि यो सरकारले प्रहार ग¥यो ।’

राजा ल्याउन खोज्नेहरुले कस्तो किसिमको राजा ल्याउन खोजेको? कोतपर्व, भण्डारखाल पर्व मच्चाउने कि, सत्र साल ल्याउने कि माओवादी जन्माएर प्रजातन्त्रको हत्या गर्ने?’ पौडेलले प्रश्न गरे । देशव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोक्न सरकार असफल भएको पनि पौडेलको आरोप छ ।

नेपाली कांग्रेसले पाँच वर्ष सत्ता बाहिर बस्ने म्यान्डेट पाएकोले चुप बसेको बताउँदै उनले भने, ‘सरकारले भ्रष्टाचार गरेको उनकै पार्टीका नेताले, बहुमत सचिवालय सदस्यले भनेका छन्, एम्नेष्टिको प्रतिवेदनले भनेको छ ।’ विभिन्न भ्रष्टाचारमा मुछिएका नेताहरुलाई जोगाएर सरकारले शंकास्पद काम गरेको उनको भनाइ छ । ‘अख्तियारले ठूला माछा छोड्ने साना माछा सामाउने ग¥यो, यसको भूमिका शंकास्पद छ,’ पौडेलले भने ।

पौडेलले वर्तमान सरकारले राज्यका संयन्त्रलाई आफ्नो इशारामा नचाएको आरोप पनि लगाए । उनले कम्युनिष्ट पार्टीका मामुली कार्यकर्ताले पनि प्रहरी प्रशासन चलाएको बताए । उनले सरकार कम्युनिष्ट पार्टीको भएपनि देश साम्यवादी नभएको स्पष्ट पारे । ‘अहिलेको सरकार कम्युनिष्ट पार्टीको होला तर देश कम्युनिष्ट शासन प्रणाली अन्तर्गतको होइन, देश साम्यवादी पनि होइन’ पौडेलले भने ।

नेता पौडेलले तनहुँमा आफूमाथि प्रहरी प्रशासनले दुव्र्यवहार गरेको उल्लेख गर्दै कम्युनिष्टको आदेशलाई पालना गरेर हिँड्न नसक्नेहरुलाई देशैभरी दमन गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्