संसद् विघटनपछि काठमाडौंमा विरोध प्रदर्शन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डलमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।

यता संसद् विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा अधिवक्ता शुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीले छुट्टाछुट्टै रिट पेश गरेका हुन् । यी रिट सोमवार दर्ता हुने बताइएको छ

प्रकाशित : पुस ५, २०७७

प्रतिक्रिया दिनुहोस्