‘कुम्भकरण’ को अफिसियल पोस्टर सार्वजनिक



काठमाडौं : आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भकरण’ को अफिसियल फस्टलुकका २ पोस्टर सार्वजनिक भएका छन् ।

सार्वजनिक पोस्टरमा गौरव पहाडीलाई अरु चलचित्रमाभन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ भने उनीसँगै पोस्टरमा भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाइएको छ । पोस्टरमा देखाइएअनुसार नायिका निशा अधिकारीले शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् भने गौरव पनि शिक्षककै रुपमा देखाइएका छन् । 

आगामी जेठ १७ गते प्रदर्शन मिति तय गरिएको यस चलचित्रको ‘कुटु कुटु’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो । जसमा चलचित्रका मुख्य कलाकार नायिका निशा अधिकारी र गौरवलाई फिचर गरिएको छ । गीतले बजारमा निकै चर्चा परिचर्चा बटुलेको छ ।

सस्पेन्स कमेडी अनि प्रेमकथामा आधारित यस चलचित्रमा दीपक ओलीको निर्देशन छ भने महेश दवाडीको पटकथा सम्वाद छ ।

चलचित्रमा निशा, गौरव, भोलाराज, अभय, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा छेत्री र सुधब थापाको अभिनय छ । चित्रबहादुर घर्ती मगर र क्षितिज बस्नेतले निर्माण गरेको चलचित्रमा सह–निर्माता गिरप्रसाद घर्ती मगर र विजय श्रेष्ठ छन् ।

कार्यकारी निर्माता भने रोम ओली र चुपनिधि रिजाल (अरुण) छन् । चलचित्रमा गोविन्द मधुर आचार्यको संगीत, कोरियोग्राफीमा सुनिल बसेल छन् । चलचित्रको सिनेमाटोग्राफी हरि घले लामाको छ । सम्पादन मिलन श्रेष्ठले गरेका छन् । चलचित्र वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टको नै रहेकाले श्रेष्ठले नै गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्