धुर्मुस–सुन्तलीले बनाउने क्रिकेट रंगशालाबारे बद्री र पूर्णकलाको गीत ( भिडियाे)



काठमाडौं : चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुटिरहेको कलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको सहयोगार्थ गीत बनेको छ ।  बिहीबार मात्रै युट्युबमा सार्वजनिक गरिएको  गीतमा लोकगायक बन्द्री पंगेनी र पूर्णकला विसीले स्वर दिएका छन्। 

‘समृद्ध नेपाल बनाउने मन छ नेपालीको, गौतमबुद्ध रंगशाला बन्छ नेपालीको’ बोलको गीतमा  धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन आह्वान गरिएको छ । 

दुर्गा पंगनीले रचना गरेको गीतमा बन्द्री पंगेनीले संगीत गरेका छन् । गीतमा क्रिकेट रंगशाला बनाउने काम नेपालीको गौरवको विषय भएकाले सबैले यसलाई खुलेर सहयोग गर्नुपर्छ भनिएको छ।  

शंकर विसीले निर्देशन गरेको गीतको म्युजिक भिडियो सुदिप बरालले छायाकंन गरेका हुन् । भिडियोमा केही दिनअघि क्रिकेट रंगशाला निर्माणकै सहयोगार्थ कीर्तिपुर मैदानमा भएको कलाकारहरुबीचको क्रिकेट प्रतियिगिताका दृश्य समावेश गरिएको छ । साथै धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरुलाई देखाइएको छ । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=EYiXArPB1nI

प्रतिक्रिया दिनुहोस्