नोभेम्बरमा बिहे गर्दै वरुण



कमेडी फिल्म निर्देशक डेबिड धवनका छोरा वरुणले प्रेमिका नताशा दलालसँग पारिवारिक सहमतिमा बिहे गर्न लागेको चर्चा छ।

वरुण र नताशाको परिवारले उनीहरूको बिहेका लागि यही वर्षको नोभेम्बरको कुनै दिन तय गर्न लागेको बताइएको छ। पहिला वरुण र नताशाले सन् २०२० मा बिहे गर्ने योजना बनाएका थिए। तर, उनीहरूको परिवारले यही वर्ष नै बिहे गर्नुपर्ने अडान राखेकाले नोभेम्बरको साइत हेरिँदै छ। 

वरुण र नताशाले सिन्धी परम्पराअनुसार बिहे गर्नेछन्। उनीहरू लामो समयदेखि प्रेममा छन्। तर, कहिल्यै पनि आफूहरूको प्रेमबारे खुलेर बताउने गरेका छैनन्। वरुणकी आमा छोराको बिहे धुमधामसँग गर्न चाहन्छिन्।

हाल स्ट्रिट डान्सर–३ फिल्मको सुटिङमा व्यस्त वरुण त्यसपछि आफ्ना बाबु डेबिडले निर्देशन गर्ने कुली नम्बर १ को रिमेकमा अभिनय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्