‘जात्रै जात्रा’मा भेटियो हराएको ३३ किलो सुन !



काठमाडौं : गत वर्ष अवैध रूपमा नेपाल भित्रिएर हराएको ३३ किलो सुन अझै भेटिएको छैन । त्यो सुन कहाँ गयो भन्ने कौतुहलता जनमानसमा अझै पनि छ । 

यही वैशाखमा ट्रेलर रिलिज भएको चलचित्र जात्रैजात्रामा पनि ३३ किलो सुनकै विषय उठाइएको छ । आउँदो जेठ ३ मा प्रदर्शन हुने चलचित्र जात्रै जात्रामा हराएको सुनको समस्या खुलाएको यसको ट्रेलरले प्रष्ट पारेको छ । 

ट्रेलरमा खुलाइएको कथाअनुसार तस्करले लुकाएको सुन तीन युवाले भेट्छन् । उनीहरूले त्यो सुनलाई खाडल खनेर लुकाउँछन् । 

त्यही सुनको खोजी र सुन भेट्टाउनेहरूले भोग्नु परेको पिडालाई ट्रेलरमा समेटिएको छ । 

चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन भने मुख्य भूमिकामा विपिन कार्की, दह्याङ राई, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल र प्रकाश घिमिरे छन् ।

प्रतिक्रिया दिनुहोस्