उपत्यकामा १९७ सहित देशभर ४२१ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४२१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या २ लखा ६१ हजार ८५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ ।

हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घण्टामा ५ हजार ८०० पीसीआर परीक्षण भएको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित : पुस १९, २०७७

प्रतिक्रिया दिनुहोस्