प्रधानमन्त्रीलाई सच्चिन आग्रह गर्दै अनेरास्ववियूको विरोध-पत्र



सुनसरी : अनेरास्ववियू सुनसरीले संसद् विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध-पत्र पठाएको छ ।

स्ववियू सुनसरीले प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेललाई विरोध-पत्र बुझाएको हो ।

पत्रमा अनेरास्ववियू जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई उनले चालेको असंवैधानिक कदमका निम्ति पश्चतापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गर्न अनुरोध गरेको छ ।

पत्रमा लेखिएको छ,‘तपाइँलाई राम्रोसँग थाहा छ, संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार दिएको छैन । तथापी संविधानको धारा पुन अध्ययन गर्न समेत हार्दिक आग्रह गर्दछौँ ।’ पत्रमार्फत अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको ऐतिहासिक, राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको रक्षा गर्न र वर्तमान असंवैधानिक तथा सबै प्रकारका प्रतिगामी षड्यन्त्रलाई असफल पार्न जस्तोसुकै संघर्ष गर्ने चेतावनीसमेत दिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

प्रकाशित :२४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्