जाेडी जम्ला ?



काठमाडाैं :   छक्का पन्जा युनिटले अर्को फिल्म ‘छ माया छपक्कै’ बनाउने घोषणा गरेको छ। काठमाडौंमा सोमबर पत्रकार सम्मेलन गरेर टिमले यस्तो बताएको हो। साथै उक्त फिल्ममा नयाँ नायिकाको रुपमा केकी अधिकारीलाई देख्न सकिने टिमले बताएको छ। 

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दै छन्। दीपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन रहनेछ। चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फाइनल भएका छन्। अन्य कलाकार फाइनल हुन बाँकी रहेको जानकारी छ। 

रोहित अधिकारी निर्माता रहेको चलचित्रमा दीपेन्द्र लामाको कथा, दीपकराज गिरीको पटकथा छ। चलचित्रले आधुनिक युवती र सोझो यूवकको कथालाई प्रस्तुत गर्ने बुझिएको छ। कार्यक्रममा चलचित्रका मुख्य ४ कलाकारले अभिनय गरेका थिए।

कार्यक्रममा कलाकार दीपकराज गिरीले आफ्नो टिममा सबै जना सेरोमोनियल र सबै जना कार्यकारी हुने बताए।

प्रतिक्रिया दिनुहोस्