आर आर क्याम्पसका प्राध्यापक आचार्य पक्राउ



काठमाडौं : रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् ।

क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले बताए ।

प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत् अश्लिल म्यासेज पठाउँदै आएका थिए । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको हो ।

आचार्यमाथि अवद्र व्यवहारमा मुद्दा चलाई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्