पीएम कपका लागि कर्णाली टिम छनाेटमा



काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटको लागि कर्णाली प्रदेशले खेलाडी छनोट गरेको छ ।

कर्णालीले आज प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको छ । रविन्द्र जंग शाहीको कप्तानीमा कर्णालीले टिमको घोषणा गरेको हो ।

कर्णाली प्रदेशको टोलीले ५ दिन नेपालगन्जमा तयारी गर्नेछ । त्यसपछि टिम प्रधानमन्त्री कपका लागि काठमाडौं प्रस्थान गर्नेछ । पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगितामा ३ विभागिय टोलीसहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्