ओली समूहले पार्टीको नाममा राज्यलाई लुटिरहेको छ : नेता भट्टराई



काठमाडौं : दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीका नाममा ओली समूहले देशलाई लुटिरहेको आरोप लगाएका छन् ।

आज काठमाडौंमा माक्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिस्ट स्कुल लोकार्पण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उनले बताए ।

वकिलहरू कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनी जान नमिल्ने बताए । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाइ मत मागेको बताए ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरूको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्