आइतबार नेकपा स्थायी कमिटीको बैठक बस्ने



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ ।

नेकपा केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार बसेको बैठकले स्थायी कमिटी बैठक आइतबारका लागि तय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार स्थायी कमिटी बैठक आइतबार १२ : ३० बजे बस्ने छ । बैठकमा थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक छलफल हुनेछ ।

प्रकाशित :१० माघ, २०७७

प्रतिक्रिया दिनुहोस्