नेपाल प्रहरीका ११ एसएसपीको पदस्थापन तथा ७ को सरूवा



काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा ७ जनाको सरूवा भएको छ ।
गृह मन्त्रालयले गत शुक्रबार गरेको निर्णय अनुसार हालै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका ११ जना एसएसपीको पदस्थापन गरेको हो ।
कृष्णकुमार महतको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा पदस्थापन भएको छ ।
गोविन्दकुमार साहको प्रदेश १ प्रहरी कार्यालय विराटनगर, मोरङ अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा र उमाशंकर पन्जियारको नक्सालको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको नेपाल प्रहरीले जनाएको छ ।
अर्जुन चन्द ठकुरीको कर्णाली प्रदेश प्रहरी कार्यालय, जनकराज पाण्डेयका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, सुरेन्द्रप्रसाद मैनालीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ शान्ति सुरक्षा महाशाखा, नक्सालको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कृष्णहरि शर्मा पोखरेल, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रशासन कार्यालयमा चक्रबहादुर सिंहको पदस्थापन भएको हो ।
त्यसैगरी दिल्लीराज पन्तको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, सिंहदरबार, प्रदेश १ प्रहरी कार्यालय विराटनगर, मोरङ शान्ति सुरक्षा महाशाखामा मधुसुदन लुईटेल र गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा मोहनप्रसाद पोख्रेलको पदस्थापन भएको हो ।
गृह मन्त्रालयले शनिबार गरेको निर्णय अनुसार सात जना एसएसपीको पनि सरूवा भएको छ । सरूवा भएका माघ ८ गते देखि लागू हुने गरी सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा रहेका रविन्द्र केसीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय, महाराजगन्जमा सरूवा भएको छ ।
नक्सालको अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाकी दुर्गा सिंहको मानव बेचबिखन अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा, रानीपोखरीका प्रदिपकुमार श्रेष्ठको अन्तर्राष्ट्रिय प्रहरीसमन्वय महाशाखामा सरूवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब

काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको

म्यान्मा : म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै मिलेर सरकार गठन गर्नु

काठमाडौँ : सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार

काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च