जनकपुरकाे एकमात्र मण्डी, जहाँ दिनकै ३ लाख ४५ हजारको केरा बिक्री हुन्छ



जनकपुरधाम : जनकपुरको एक मात्र फलफूल मण्डी जहाँ अहिले सबैभन्दा बढी केराको बिक्री हुन्छ । जनकपुरको जीरोमाइल चाेकबाट झन्डै ५० मिटर दक्षिणमा रहेको मण्डीमा २३ देखि २५ वटा फलफूलको  काउण्टर रहेको छ ।

 

सिजनअनुसार अहिले केरा, स्याउ, अनारको बढी मात्रामा बिक्री हुने गरेको फलफूल व्यापारीहरुकाे भनाइ रहेको छ ।

 

मण्डीमा अहिले छठसम्म सबैभन्दा बढी केराको बिक्री हुने गरेको फलफूल व्यवसायी रूदल साह बताउँछन् । मण्डीमा प्रत्येक दिन ३ लाख ४५ हजारको केरा बिक्री हुने गरेको फलफूल व्यापारी बाबाजीको दाबी छ ।

 

बाबाजी भन्छन, 'अहिलेदेखि छठसम्म केराको सिजन हुन्छ र बढी बिक्री केरा नै हुने गरेको छ ।' एक दिनमा एउटा काउण्टरबाट १५ देखि २० हजारको केरा खुद्रा व्यापारीले लिएर जाने गरेको  व्यवसायी शंकर साह बताउँछन् ।

 

शंकरका अनुसार छठ पर्व समाप्त भएपछि यहाँ नासपाती, अंगूर र स्याउको सिजन आउँछ । जनकपुरको फलफूल मण्डीमा स्याउ र अनार बढी मात्रामा भारतको शिमला, हाजीपुर र पटनाबाट आउने गर्छ ।

 

अहिले केरा थोक मूल्यमा नेपालको पोखराबाट बढी आउने गरेको व्यापारी रूदलको भनाइ छ । जनकपुर र छेउछाउका खुद्रा व्यापारीहरुले मण्डीबाट नै फलफूल लिने गरेको तर्क शंकर साहको रहेकाे छ । शंकरका अनुसार मण्डीबाट फलफूल लिदा खुद्रा व्यापारीलाई सस्तो पर्ने भएकोले बिहान सधैं भिडभाड हुन्छ ।

 

फलफूल व्यवसायीहरुको आफ्नै छूटै समिति रहेको रहेको छ । फलफूल तथा तरकारी व्यायसायी संघले गेट पास दिने गरेको र जस वापत उसले केही रकम लिने गरेको व्यापारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्