सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन आजदेखि



काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ । नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ ।


प्रदेशसभामा नेकपा ३७ सदस्यसहित बुहमतमा रहेपनि विभाजनपछि भने सरकारको नेतृत्व गरिरहेको प्रचण्ड–नेपाल समूहसँग ३० जना र ओली समूहसँग ७ जना प्रदेशसभा सदस्य बाँडिएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पुस १४ गते भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए । केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पनि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्