स्वच्छ वातावरणका लागि महाकाली–मेची साइकल यात्रा



कञ्चनपुर : हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनाराका साथ आजदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली–मेची साइकलयात्रा शुरु गरिएको छ ।

बूढानीलकन्ठ राईटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो । रामबहादुर श्रेष्ठ (ओसो पुजारी) को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गरेका छन् ।

समाजमा बढ्दै गइरहेको हिंसा अन्त्य र वातावरण संरक्षणका लागि साइकलयात्राको महत्व रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । काष्ठमाण्ड साइकल क्लबका अध्यक्षसमेत रहेका यात्राका संयोजक श्रेष्ठले १० दिनमा साइकलमै मेची पुगेर यात्रा समापन गरिने बताए । सिद्धार्थ र सगरमाथा इन्सोरेन्सले यात्रा सफल बनाउन आर्थिक सहयोग गरेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्