लक्ष्मीपुर-बलारा-गढैयासम्मको सडक उद्घाटन



सर्लाही– सर्लाही जिल्ला अन्र्तगत भारतिय सिमाको लक्ष्मीपुर– बलाराबाट गढैयासम्मको कालो पत्रे सडकको संयुक्त रुपामा उद्घाटन गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडकको भारतको महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र सडक विभागका डिभिजन प्रमुख विनोद कुमारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत सरकारको ‘नेपाल भारत विकास सहकार्य’ अन्र्तगत सो सरडकको निर्माण भएको हो ।

यस अन्र्तगत दूईवटा प्याकेजहरु छन् । पहिलो ४.४६ कि.मिको भारतिय सिमा लक्ष्मीपुर–बलरा–मिर्जापुर र दोस्रो १.६२ कि.मिको मिर्जापुर–गडहिया सडक/हुलाकी सडक ।

यो परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्र्तगत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

उक्त सडक निमार्णका लागि काठमाडौंमा रहेको भारतिय दुतावास र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्र्तगत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बिच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चंद्रनिगाहपुर सडक विभाग अनर्तगत रहेको छ ।

कालोपत्रे सम्पन्न भएसँगै भारत नेपाल सिमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरुको आवागमन सहज गर्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्