धरहराको २१ औं तलाको ढलान सकियो



काठमाडौं । २०७२ सालको विनाशकारी महाभूकम्पमा परी भत्किएको ऐतिहासिक धरहराको २१ औं तलाको ढलान गरिएको छ ।


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहराको २१औं तलाको ढलान सकिएको हो । प्राधिकरणको नेतृत्वमा जिआइइटिसी–रमन जेभीलेले धरहरा पुनःनिर्माणको काम गरिरहेको छ ।
ज्ञवालीले सामाजिक संजालमा तस्विर पोष्ट गर्दै अबको केही दिनमा २२औं एवं अन्तिम तलाको ढलान गर्दै धरहराको शीर्ष स्थानमा गजु्रको राखिने उल्लेख गरेका छन् ।
ज्ञवालीले लेखेका छन्,‘धरहराको २२ तलामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ । अब एक तलाको ढलान बाँकी । धरहराको शीर्षमा गजुर रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्